नियम ३६
बाटो इजाजतपत्रको नामसारी
ऐन तथा यस नियमावली बमोजिम बाटो इजाजतपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले सवारी बिक्री वा अन्य कुनै व्यहोराबाट सो सवारीको नामसारी गराएमा त्यस्तो बाटो इजाजतपत्र प्राप्त सवारीको नयाँ धनी वा व्यवस्थापकले उक्त बाटो इजाजतपत्र प्रयोग गर्न चाहेमा बाटो इजाजतपत्रको नामसारीको लागि निवेदन दिएमा सम्बन्धित कार्यालयले त्यस्तो बाटो इजाजतपत्र नामसारी गरिदिनु पर्नेछ ।